PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’, को को भए निर्वाचित?



पहिलोपोस्ट

कर्णालीमा सत्ता गठबन्धनको ‘क्लिनस्वीप’, को को भए निर्वाचित?

सुर्खेतः राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिनस्वीप’ गरेको छ। कर्णालीबाट कांग्रेसका दुर्गाकुमारी गुरुङ, नेकपा (माओवादी केन्द्र) का नरबहादुर विष्ट र नेकपा (एकीकृत समाजवादी) का उदयबहादुर बोहोरा निर्वाचित भएका छन्।

गुरुङले २ हजार ९७०, विष्ट र बोहोराले समान ३ हजार ६०० मतभार पाएर विजयी भएको निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए।

कर्णालीमा तीन पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो। गठबन्धनको तर्फबाट विजयी गुरुङ र विष्ट सुर्खेतका हुन्। बोहोरा सल्यानका हुन्।

निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट चुडामणि शर्मा, गंगा महत र पदमबहादुर माझी प्रतिस्पर्धामा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell