PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा



पहिलोपोस्ट

मधेश प्रदेशको दुबै सिटमा सत्ता गठबन्धनको कब्जा

जनकपुरधामः मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

गठबन्धनबाट महिला समूहबाट नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्याल र अन्य समूहबाट जनता समाजवादी पार्टी (जसपा) का मोहम्मद खालिद सिद्धिकी विजयी भएका हुन्। 

अर्याल ६ हजार १५६ मतभार पाइन्। नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार रुपाकुमारी यादवले दुई हजार ७५४ मतभार मात्रै ल्याउन सकिन्।

यस्तै अन्य समूहबाट जसपाका सिद्धिकी ६ हजार ६७८ मतभार ल्याएर विजयी भए। निकटतम प्रतिस्पर्धी उस्मान अन्सारीले दुई हजार ७६६ मतभार पाए। 

अन्य समूहतर्फ प्रदेशतर्फ २ र स्थानीयतर्फ ६ गरी कूल ८ मतदाताको मत बदर भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell