PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

राष्ट्रियसभा निर्वाचनमा प्रदेश १, गठबन्धनका दुई र एमालेका एक उम्मेद्वार विजयी



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनमा प्रदेश १, गठबन्धनका दुई र एमालेका एक उम्मेद्वार विजयी

विराटनगरः प्रदेश नम्बर १ मा भएको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका २ र नेकपा (एमाले) का १ उम्मेदवार विजयी भएका छन्।

निर्वाचन परिणाम अनुसार गठबन्धनबाट खुलामा नेपाली कांग्रेसका गोपालबहादुर बस्नेत, महिलामा नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई र अल्पसङ्ख्यकमा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका हुन्।

खुलातर्फ बस्नेत र एमालेका गुरु बरालको बराबर मतभार पाएका थिए। दुबैले चार हजार ४८८ आएको थियो। गोलाबाट बस्नेत विजयी भए।

महिलातर्फ एकीकृत समाजवादीकी राईले ४ हजार ६९२ मतभार ल्याएर विजयी भइन्। निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा भण्डारीले चार हजार ३६२ मतभार प्राप्त गरिन्।

अल्पसङ्ख्यकतर्फ एमालेका शेर्पाले चार हजार ७५२ मत पाएर विनयी भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell