PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

कम्युनिस्ट विभाजित हुँदा कांग्रेसले पाएको लाभ, राष्ट्रियसभामा थप्यो सिट



पहिलोपोस्ट

कम्युनिस्ट विभाजित हुँदा कांग्रेसले पाएको लाभ, राष्ट्रियसभामा थप्यो सिट

काठमाडौँः नेपाली कांग्रेसले राष्ट्रियसभामा सिट संख्या बढाएको छ। यसअघि कांग्रेसका ७ जनामात्र सदस्य थिए।

बुधवार कांग्रेसका ६ जना निर्वाचित भए। यसअघि कायम रहेका ३ जना भने फागुन २१ गतेदेखि बिदा हुनेछन्। थपिएका र जाने संख्या अनुसार फागुन २१ पछि कांग्रेसका सदस्य १० जना हुनेछन्।

कार्यकाल सकिएर बिदा हुनेमा दृगनारायण पाण्डेय, तारादेवी भट्ट र राधेश्याम अधिकारी हुन्।

कांग्रेसले यसपटक तीन जनालाई बिदा गर्दै गर्दा ६ जना सदस्य जिताउन सफल भएको छ।

बुधबारको निर्वाचनबाट प्रदेश १ मा गोपाल बस्नेत, वाग्मतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्र विजयी भए।

यी ६ जनासँगै अनिता देवकोटा, जितेन्द्र नारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी कांग्रेसबाट राष्ट्रिय सभा सदस्य हुन्।

कम्युनिस्ट पार्टी विभाजनको लाभ कांग्रेसले उठाएको छ। यदि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन नभएको भए कांग्रेस अब ४ सदस्यमा सीमित हुने अवस्था थियो। नेकपा र एमाले विभाजनको लाभ अनुसार कांग्रेसले सभामा तीन नयाँसहित ६ सदस्य कायम राख्न सफल भएको हो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell