PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

काठमाडौंको शङ्खरापुरमा निसास्सिएर एक दम्पत्तिको मृत्यु, बालाजुमा गाडीले च्यापिएर चालकको ज्यान गयो



पहिलोपोस्ट

काठमाडौंको शङ्खरापुरमा निसास्सिएर एक दम्पत्तिको मृत्यु, बालाजुमा गाडीले च्यापिएर चालकको ज्यान गयो

काठमाडौं : काठमाडौंको शङ्खरापुर नगरपालिकामा निसास्सिएर एक दम्पत्तिको मृत्यु भएको छ।

शङ्खरापुर नगरपालिका-३ स्थित घरमा ५२ वर्षीय पदमबहादुर थिङ र ४५ वर्षीय फूलकुमारी थिङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। गएराति कोठामा सुतिरहेका थिङ दम्पत्ति निसास्सिएर मृत्यु भएपछि बिहान मात्र आफन्त तथा छिमेकीले प्रहरीलाई खबर गरेका थिए।

त्यस्तै, बालाजुमा गाडिले च्यापिएर एक जना चालकको मृत्यु भएको छ। आज बिहान बालाजु औद्योगिक क्षेत्रभित्र नेपाल ग्याँस कम्पनीको अगाडि ग्याँस अनलोड गरी पार्किङ गरी राखेको दुई वटा गाडीको बीचमा च्यापिएर चालक भारत कलकत्ता घर भएका ४५ वर्षीय दिलीप राजवंशीको मृत्यु भएको हो।

दुबै घटनाको अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell