PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'प्लेब्वाइ' संस्थापकको 'डर्टी सिक्रेट्स' सार्वजनिक भएपछि कम्पनीले भन्यो : महिलाहरुले लगाएको आरोपको समर्थन गर्छौं



पहिलोपोस्ट

'प्लेब्वाइ' संस्थापकको 'डर्टी सिक्रेट्स' सार्वजनिक भएपछि कम्पनीले भन्यो : महिलाहरुले लगाएको आरोपको समर्थन गर्छौं
HUGE HEFNER : FILE PHOTO / GETTY IMAGES

प्लेब्वाइ म्यागेजिनले कम्पनीका दिवंगत संस्थापक हुग हेफनरमाथि महिलाहरुले लगाएको यौन शोषणको आरोपलाई ‘जोरदार समर्थन’ गर्ने जनाएको छ।

‘ए इ नेटवर्क’ मा प्रशारण भएको ‘सिक्रेट्स अफ प्लेब्वाइ’ मा महिलाहरुले हेफनरमाथि ‘घृणित कार्य’ गरेको आरोप लगाएका छन्। जसमा महिलाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराउने र लागू औषध खुवाउने गरिएको भनिएको छ। आफ्नो  समयको 'आइकनिक पब्लिसर' रहेका हेफनरको निधन सन् २०१७ मा ९१ वर्षको उमेरमा भएको थियो। 

हेफनरका पूर्व ‘गर्लफ्रेन्ड्स’ हरुले उक्त डकुमेन्ट्रीमा  हेफनरलाई ‘जवान युवतीहरुको जीवन चुस्ने एक पिचाश’ को संज्ञा दिएका छन्।

प्लेब्वाइ कम्पनीले भने महिलाहरुले लगाएको आरोपको समर्थन गर्दै जारी विज्ञप्तीमा भनेको छ, ‘ जको प्लेब्वाइ हुग हेफनरको प्लेब्वाइ होइन।’

‘हामी यी महिलाहरु र तिनीहरुको कथालाई विश्वास र प्रमाणिकरण गर्छौं। आफ्नो अनुभव साझा गर्न अगाडि आएका उनीहरुलाई हामी दृदतापूर्वक समर्थन गर्छौं’ कम्पनी थप भनेको छ। यस्तै, कम्पनीले आफूहरुले अहिले लिएको मान्यता विपरित पहिला भएका कार्यहरुको समर्थन नगर्ने समेत जनाएको छ।

सन् १९७० र १९८० मा हेफनरलाई ‘डेट’ गरेकी पूर्व मोडल र अभिनेत्री सनडोरा थेऔडोर भन्छिन्, ‘मैले धेरै महिलाहरुको शोषण भएको देखें। हामी उसको लागि केही थिएनौं।’

उनका अनुसार प्लेब्वाइ म्यानसनमा हप्ताको पाँच दिन ‘ग्रुप सेक्स इभेन्ट’ आयोजना गरिन्थ्यो। ती ‘इभेन्ट’ हरुमा लागू औषधको निकै प्रयोग हुन्थ्यो। यस्तै, ‘पिग नाइट’ (यौनकर्मीहरुलाई संगुरुको संज्ञा दिएर) कहलिने ‘थर्सडे नाइट टेरेडिसन’मा महिलाहरुलाई चिकित्सकले कथित रुपमा परीक्षण गर्ने र त्यसपछि हेफनरका ‘भीआइपी’ साथीहरुले महिलाहरुको यौन शोषण गर्ने गरेको उनले बताइन्।

हेफनरले सन् १९५३ मा प्लेब्वाइ म्यागेजिनको सुरुवात गरेका थिए। ‘मेन्स लाइफस्टाइल र इन्टरटेन्मेन्ट’ सँग सम्बन्धित उक्त म्यागेजिन विश्वकै सर्वाधिक बिक्री हुने म्यागेजिन थियो। आफ्नो व्यवसायको सफल समयमा हेफनरको उक्त म्यागेजिन एक महिनामा विश्वभर सात मिलियन कपी बिक्री भएको थियो। सन् २०२० पछि भने कम्पनीले म्यागेजिनको प्रिन्ट संस्करण बन्द गरेको थियो। हाल प्लेब्वाइ म्यागेजिनको अनलाइन संस्करण जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell