PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'हिट र फिट' हुने दबाब बिच कोरोना संक्रमण मुक्त भएका फुटबलरको प्रदर्शन खस्किँदो



पहिलोपोस्ट

'हिट र फिट' हुने दबाब बिच कोरोना संक्रमण मुक्त भएका फुटबलरको प्रदर्शन खस्किँदो
Photo: AFP

फुटबल खेलमा शारीरिक फिटनेस अहम कुरा हो। फिटनेससँगै कन्सन्ट्रेसन भएन भए खेलाडीको प्रदर्शन राम्रो हुन सक्दैन। त्यसैले फुटबल खेलाडीहरु आफूलाई फिट बनाउन लाखौं खर्च गर्छन्। स्टार खेलाडीमा झन फिट र हिट हुन दबाब बढी हुन्छ।

पछिल्लो समय कोरोना भाइरस संक्रमणले फुटबल खेलाडीहरुको यही फिटनेस सुत्रमाथि प्रश्न खडा गरिदिएको छ। संक्रमणको दीर्घकालीन असर उनीहरुको खेलमा देखिन थालेको छ। एक अध्ययनले कोभिड १९ संक्रमणपछि खेलाडीको खेलस्तर प्रभावित भएको देखाएको छ। 

कोरोना भाइरसबाट 'टप लेभल' फुटबल खेलाडीहरु कमै संक्रमित भए पनि संक्रमणको असर मैदानमा देखिन थालेको छ। अध्ययनले संक्रमणका कारण खेलाडीहरुको फुटबल पासिङ टेक्निक नै प्रभावित हुन सक्ने देखिएको छ। कोरोना भाइरसबाट संक्रमित भएका हाइप्रोफाइल खेलाडीहरु आइसोलेसनपछि रिपोर्ट 'नेगेटिभ' आए पनि तुरुन्तै मैदान फर्कन नसक्नु यसैको उदाहरण हो।

जर्मन क्लब बार्यन म्युनिखका जोसुवा किममिच भ्याक्सिन नलगाउँदै कोभिड १९ को संक्रमणमा परे। फोक्सोमा समस्या आएपछि उनी दुई महिनासम्म मैदान फर्कन सकेनन्। त्यस्तै इटालियन क्लब युभेन्टसका खेलाडी पाउलो डिब्यालाले कोभिड १९ संक्रमण पछि मैदान फर्किएपछि श्वासप्रश्वासमा कठीन भएको प्रतिक्रिय दिए।

त्यतिमात्र होइन सात पटकका बालोन डिओर विजेता लियोनल मेस्सीले पनि कोभिड १९ संक्रमणपछि 'ठीक हुनका लागि थपसमय चाहिने' बताउँदै आएका छन्। जसकारण उनी विश्वकप छनोट अन्तर्गतका बाँकी खेल खेल्न अर्जेन्टिना गएनन्।

त्यसबाहेक केही खेलाडीहरु हस्पिटलमा भर्ना नै हुनुपर्ने अवस्थामा पनि पुगे। प्रिमियर लिग क्लब न्यु क्यासलका गोलकिपर कार्ल डार्लो तीन दिन अस्पताल भर्न भए। मोन्ट्पेलियरका विंगर जुनिअर साम्बिया आइसीयूमै भर्ना हुनुपर्ने अवस्थामा पुगे।

डुसेलडर्फ विश्वविद्यालका सोधकर्ताहरुको अध्ययनमा २५७ जना जर्मन बुण्डेसलिगा र इटालियन सिरि ए का खेलाडीको कोभिड १९ संक्रमणबाट फर्किएयता प्रदर्शन खस्किएको उल्लेख छ। खासगरी खेलाडीहरुको फुटबल 'पास' गर्ने एकुरेसी ५ प्रतिशतले घटेको छ। ३० वर्ष भन्दा माथिका फुटबलहरुलाई बढी कठिन भएको अध्ययनले देखाएको छ।

त्यस्तै अधिकांश खेलाडी कोभिड १९ संक्रमण भएर निको भए पनि टिममा प्रदर्शन भने खस्किएको देखिएको छ। पिअरे-एमरिक औबामेयाङ, मारियो लेमिना लगायतका खेलाडीहरू कार्डियक इन्फ्लेमेसनबाट संघर्ष गरिरहेका रिपोर्टहरू सार्वजनिक भएका छन्। जसकारण दुवैले कोभिड १९ संक्रमणका कारण अफ्रिका कप अफ नेसन्स छाडेका थिए।

तर फ्रान्सेली फुटबल फेडेरेसनका मेडिकल निर्देशक इमानुएल ओरहान्टले भाइरस र फुटबल खेलाडीहरूको हृदयाघातको बढ्दो जोखिमबिच कुनै निश्चित सम्बन्ध नभएको बताए।

उनले सन् २०२० को डिसेम्बरमा कोभिड १९ संक्रमित भएका ३५० खेलाडीमध्ये २.२ प्रतिशतमा मुटुसम्बन्धी समस्या देखिएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell