PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

कोभिडको समयमा भएको 'चार्टर्ड फ्लाइट'मा बढी भाडा तिरेको प्रमाण उपलब्ध गराउन मन्त्रालयको आग्रह



रासस

कोभिडको समयमा भएको 'चार्टर्ड फ्लाइट'मा बढी भाडा तिरेको प्रमाण उपलब्ध गराउन मन्त्रालयको आग्रह

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ।

उडानमा बढी हवाई भाडा तिरेका यात्रुले [email protected] मा इमेल पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत आग्रह गरेको छ।

कोभिड–१९ को सङ्क्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात् अलपत्र परेका व्यक्तिलाई स्वदेश फकार्उन सहजीकरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रु चार्टर्ड उडानको व्यवस्था भएको थियो। सोपश्चात् यात्रु प्रस्थान हुँदा लाग्ने हवाई भाडा सम्बन्धित एयरलाइन्सबाट नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाएको हवाई भाडाभन्दा बढी लिएको भनी प्राप्त भएका विभिन्न गुनासोका आधारमा गुनासोको सम्बोधन गरी छानबिन गर्न मन्त्रालयले हवाई भाडादर छानबिन समिति, २०७८ गठन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell