PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

देशभर ९० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा कति छन्?



पहिलोपोस्ट

देशभर ९० हजारभन्दा बढी कोरोनाका सक्रिय संक्रमित, काठमाडौं उपत्यकामा कति छन्?

काठमाडौं : देशभर कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेपछि सक्रिय संक्रमितको संख्या ९० हजार नाघिसकेको छ। पछिल्लो २४ घण्टामा ८ हजार १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ।

९० हजार बढी सक्रिय संक्रमित मध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा रहेका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार उपत्यकामा ५४ हजार ८६३ जना सक्रिय कोरोना संक्रमित छन्। काठमाडौंमा ३८ हजार ८५९ जना, ललितपुरमा १० हजार ३९० जना र भक्तपुरमा ५ हजार ६१४ जना सक्रिय कोरोना संक्रमित छन्।

७७ जिल्ला मध्ये १९ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। ‘रेड जोन’मा परेका यी जिल्ला मध्ये काठमाडौं उपत्यका सबैभन्दा बढी प्रभावित बनेको छ। उपत्यकाका तीनै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमण नियन्त्रणका लागि विभिन्न प्रतिबन्धहरु लागू गरिएपनि संक्रमितको संख्या बढ्दो छ।

पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा काठमाडौंमा ३ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा २ हजार ४०२ जना, ललितपुरमा ५२१ जना र भक्तपुरमा २२० जना संक्रमित थपिएका छन्। आज संक्रमण पुष्टि भएको मध्ये ३९.१९ प्रतिशत हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell