PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, पाराग्वेमाथि उरुग्वेको जित



पहिलोपोस्ट

ब्राजिल इक्वेडरसँग बराबरीमा रोकियो, पाराग्वेमाथि उरुग्वेको जित
Photo: Lucas Figueiredo/CBF

विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तर्गत आज बिहान सम्पन्न खेलमा ब्राजिल र इक्वेडर बराबरीमा रोकिएका छन्। इक्वेडर स्थित स्टेडियो डे लिगामा सम्पन्न खेलमा घरेलु टोलीले ब्राजिललाई १-१ को बराबरीमा रोकेको हो।

खेलको छैटौं मिनेटमा कासेमिरोको गोलमा ब्राजिलले खेलमा अग्रता बनाएको थियो। खेलको १५ औं मिनेटमा इक्वेडरका गोलकिपर अलेक्जेन्डर डोमपनगुइज र २० औं मिनेटमा ब्राजिलका इमर्सन रोयल रेडकार्ड खाँदै बाहिरिँदा दुबै टोली दश खेलाडीमा समेटिए। पहिलो हाफमा एक गोलले पछि रहेको घरेलु टोलीका लागि ७५ औं मिनेटमा फेलेक्स टोरेसले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यस्तै आज बिहाननै सम्पन्न अर्को खेलमा उरुग्वेले पाराग्वेमाथि जित निकाल्यो। पाराग्वेस्थित जेनरल पाब्लो रोजास स्टेडियममा सम्पन्न खेलमा उरुग्वेले घरेलु टोलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा उरुग्वेका लुइस स्वारेजले गोल गरेका थिए। उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए।

शीर्ष दुईमा रहेका ब्राजिल र अर्जेन्टिना विश्वकपका लागि छनोट भइसकेका छन्। ब्राजिलले १४ खेलबाट ३६ अंक जोडेको छ। ब्राजिललाई बराबरीमा रोकेको इक्वेडर १५ खेलबाट २४ अंक जोड्दै तालिकाको तालिकाको तेस्रो स्थानमा छ। त्यस्तै १९ अंक जोडेको उरुग्वे चौथो स्थानमा छ। १३ अंक जोडेको पाराग्वे भने नवौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell