!['पुष्पा' ट्रेन्ड पछ्याउँदै खेलाडी, विकेट लिएपछि ब्राभोको 'श्री बल्ली' र सकिबको 'झुकेगा नहीँ' सेलिब्रेसन](https://pahilopost.com/assets/upload/contentthumb/crc.jpg)
पछिल्लो समय सामाजिक सञ्जाल र खास गरी टिकटकमा ट्रेन्ड चलिरहेको छ अल्लु अर्जुन अभिनित पुष्पा फिल्मको स्टेप कपी गर्ने। खासगरी पुष्पा फिल्मको 'श्री बल्ली' को र 'मे झुकेगा नही' भन्ने डाइलगको स्टेप कपी गर्ने ट्रेन्ड छ। यसमा खेलाडीहरु पनि अघि देखिएको छन्।
वेस्ट इण्डिजका अलराउण्डर ड्वेन ब्राभो बंगलादेश प्रिमियर लिगको क्रममा विकेट लिएपछि श्रीबल्लीको स्टेप गरे। कोमिल्ला भिक्टोरियन्स र फर्चुन बरिसालबीचको खेलमा १८ औं ओभरमा विकेट लिएपछि ब्राभोले 'श्री बल्ली' गीतको शैलीमा सेलिब्रेसन गरेका हुन्।
Is this @DJBravo47 with the Srivalli Celebration??👀#BPL pic.twitter.com/XblTDXC0P7
— Lakshya Chourasia (@lakshyalove) January 25, 2022
बीपीएलकै क्रममा बंगलादेशी क्रिकेटर शकिब अल हसनले पनि क्याच आउट गराएर 'मे झुकेगा नही' वाला सेलिब्रेसन गरेका थिए।
त्यस्तै अस्ट्रेलियन क्रिकेटर वार्नर यसमा अगाडि छन्। उनले परिवारसँगको छुट्टै र आफ्नो छुट्टै भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका छन्।
त्यस्तै भारतीय क्रिकेटहरु राहुल चहर, सूर्यकुमार यादवलगायतले पनि स्टेप कपी गरेर सामाजिक सञ्जालमा राखेका छन्।