PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

युक्रेनका राष्ट्रपतिलाई बाइडेनको कल, फेब्रुअरीमा रसियाले हस्तक्षेप गर्ने चेतावनी



पहिलोपोस्ट

युक्रेनका राष्ट्रपतिलाई बाइडेनको कल, फेब्रुअरीमा रसियाले हस्तक्षेप गर्ने चेतावनी
सीमामा तैनाथ रसियन सैनिक। REUTERS

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी महिना युक्रेनमाथि रसियाले आक्रमण गर्नसक्ने भन्दै चेतावनी दिएका छन्।

रसियाले अझे पनि आशा गर्ने ठाउँ बाँकी रहेको जनाएको छ जबकि अमेरिकाले उसको प्रस्तावलाई नकारिसकेको छ।

दशौं हजार रसियाली सैनिक ट्रुप युक्रेनको सीमामा तैनाथ भए पनि हस्तक्षेपका लागि अगाडि बढिसकेको छैन। रसियाले बारम्बार आक्रमणको कुनै योजना नरहेको दावी भने गर्दै आएको छ। 

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति भ्लोदमेयर जेलनेस्कीसँग टेलिफोन संवाद गरेका छन्।

'रसियाले फेब्रुअरीमा सैन्य हस्तक्षेप गर्ने प्रवल सम्भावना रहेको राष्ट्रपतिले  बताउनुभएको छ,' ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता एमिली हर्नलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, 'उहाँले यो कुरा सार्वजनिक रुपमा नै बताइसक्नु भएको छ र हामीले महिनौंदेखि यसबारे चेतावनी दिएका छौं।'

रसियाले फेरि आक्रमण गरेमा त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुन आफू तयार रहेको बाइडेनले प्रतिवद्धता जनाएका छन्। 

जेलनेस्कीका अनुसार टेलिफोन संवाद जारी तनाव कम गराउनका लागि भएको थियो।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell