PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

देशभर ९० हजार बढी सक्रिय संक्रमित, ८८ हजार होम आइसोलेसनमै



पहिलोपोस्ट

देशभर ९० हजार बढी सक्रिय संक्रमित, ८८ हजार होम आइसोलेसनमै

काठमाडौं : कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै दैनिक हजारौंको संख्यामा संक्रमित थपिरहेका छन्। बिहीवार ८ हजार १७ जना संक्रमित थपिएसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ। कोरोनाको तेस्रो लहरमा संक्रमण देखिएकाहरुमा गम्भीर समस्या देखिएको छैन। दोस्रो लहरको तुलनामा कम संख्यामा मात्रै संक्रमितहरु अस्पताल भर्ना भएका छन्।

सक्रिय संक्रमित मध्ये ९७.८६ प्रतिशत संक्रमति घरमा नै आइसोलेट छन्। स्वास्थ्य मन्त्रालयले गम्भीर समस्या नदेखिएका र सामान्य लक्षणमात्रै देखिएकालाई घरमा नै आइसोलेसनमा बस्न भनेको छ। हाल कुल सक्रिय संक्रमित मध्ये ८८ हजार ६४२ जना होम आइसोलेसनमा रहेका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार प्रदेश १ मा ९ हजार ६६३, मधेश प्रदेशमा ३ हजार ४९९ जना, वाग्मती प्रदेशमा ६१ हजार ६४ जना, गण्डकी प्रदेशमा ६ हजार ८४ जना, लुम्बिनी प्रदेशमा ५ हजार १२४ जना, कर्णालीमा ५८३ जना र सुदूरपश्चिम प्रदेशमा २ हजार ६१५ जना सक्रिय कोरोना संक्रमित होम आइसोलेसनमा छन्।

यस्तै, प्रदेश १ मा ९१ जना संस्थागत आइसोलेनमा छन्। मधेश प्रदेशमा भने ७ जना, वाग्मतीमा १ हजार १०१ जना, गण्डकीमा ९६ जना, लुम्बिनीमा १८४ जना, कर्णालीमा २३ जना र सुदूरपश्चिममा ४३२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार हाल देशभर २५७७ जना संक्रमित आइसियुमा र ४९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। प्रदेश १ मा २२ जना आइसियुमा छन् भने मधेश प्रदेशमा ७ जना र वाग्मतीमा १८९ जना छन्। यस्तै, गण्डकीमा १७ जना, लुम्बिनीमा १५ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा दुईजना आइसियुमा उपचाररत् छन्।

साथै, प्रदेश १ मा ५ जनाको भेरिन्टलेटरमा राखेर उपचार भइरहेको छ। वाग्मतीमा ४० जना भेन्टिलेटरमा छन् भने गण्डकी र लुम्बिनीमा एक-एक जना र सुदूरपश्चिममा दुई जना भेन्टिलेटरमा छन्।

रेड जोनमा  कुन कुन जिल्ला ?

५०० भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई रेड जोनमा राखिएको छ। ७७ जिल्ला मध्ये १९ वटा जिल्ला हाल रेड जोनमा छन्। सबैभन्दा बढी वाग्मती प्रदेशका जिल्ला रेड जोनमा छन्।

मन्त्रालयको पछिल्लो विवरण अनुसार प्रदेश १ को मोरङ, सुनसरी र झापा रेड जोनमा छन्। यस्तै, मधेश प्रदेशको धनुषा र सप्तरी रेड जोनमा पर्दा पर्सा, बारा, महोत्तरी, सर्लाही र सिराहामा संक्रमितको संख्या बढ्दै छ।

वाग्मती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे र नुवाकोट पनि रेड जोनमा छन्। धादिङ, सिन्धुपाल्चोक, सिन्धुली र दोलखा रेड जोनमा पुग्ने संघारमा छन्। यस्तै, गण्डकीको कास्की, नवलपरासी पूर्व र तनहुँ रेड जोनमा पर्दा गोरखा, स्याङ्जा र बाग्लुङमा संक्रमण दर बढ्दो छ। लुम्बिनीको बांके रुपन्देही र दाङ पनि रेड जोनमा छन्। सुदूरपश्चिमको भने कैलालीमात्रै रेड जोनमा छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell