PahiloPost

Jul 3, 2024 | २० असार २०८१

देउवा, प्रचण्ड र नेपाल बिच बालुवाटारमा छलफल, चाँडै गठबन्धनको बैठक बोलाइने



पहिलोपोस्ट

देउवा, प्रचण्ड र नेपाल बिच बालुवाटारमा छलफल, चाँडै गठबन्धनको बैठक बोलाइने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।

सत्ता गठबन्धन कसरी अगाडि बढ्ने भन्ने विषयमा उनीहरु बिच छलफल भएको छ। पछिल्लो समय स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बारेमा सत्ता गठबन्धन भित्र लगातार छलफल भइरहेको छ।

तीनै तहको निर्वाचन आउने वर्षको मंसिरमा गर्ने निष्कर्षमा गठबन्धनका नेताहरु पुगेका छन्। यसबारेमा थप गृहकार्य गर्नका लागि शुक्रवार तीन नेता बिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले नेताहरु बिच भोलि गठबन्धनको बैठक बोलाउने भन्ने विषयमा अनौपचारिक कुराकानी भएको बताए।

'अनौपचारिक कुराकानी हो। भोलि गठबन्धनको बैठक बोलाउने कि भन्ने रहेछ,' उनले भने।

यसअघि गठबन्धनका नेताहरुले राष्ट्रिय सभाको चुनावका विषयमा लगातार संवाद गर्दै आएको भए पनि पछिल्लो समय भने अब हुने निर्वाचनलाई केन्द्रित गरेर छलफल गरिरेहका छन्।

चुनाव एकै पटक गर्ने कि फरक फरक समयमा गर्ने भन्नेबारेमा गठबन्धनमा लामो समय देखि छलफल हुँदै आएको छ। राष्ट्रिय सभामा गठबन्धन बनाएर जाँदा सफलता हात लागेको भन्दै अबका चुनावहरुमा पनि गठबन्धनलाई कायमै राख्नुपर्ने अडानमा प्रचण्ड-नेपाल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell