PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाल उत्रिनासाथ पक्राउ परे वैदेशिक रोजगारीमा गएका युवक, फेसबुकबाट गरेका थिए ब्ल्याकमेल



पहिलोपोस्ट

नेपाल उत्रिनासाथ पक्राउ परे वैदेशिक रोजगारीमा गएका युवक, फेसबुकबाट गरेका थिए ब्ल्याकमेल

काठमाडौंः प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरेर ब्ल्याकमेलिङ गर्ने एक युवकलाई त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको छ।

बैदेशिक रोगजारीको लागि विदेशमा गएका कास्की रुपा गाउँपालिका घर भएका ३१ वर्षीय मुक्ति खनाललाई नियन्त्रणमा लिएको नेपाल प्रहरीको साइवर व्यूरोका एसएसपी नविन्द अर्यालले जानकारी दिए।

पक्राउ परेका युवकले विदेशमा रहँदा एक महिलालाई फेसबुकमा साथी बनाएका थिए। उनीहरुको म्यासेन्जरमा कुराकानी समेत हुन थालेको थियो। त्यही क्रममा महिलाको नग्न भिडियो तथा तस्बिर प्राप्त गरेपछि महिलाका श्रीमान तथा आफन्तसँग फोटो सार्वजनिक गर्दिने भन्दै धम्की दिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो।

विदेशमा रहेका युवकलाई निगरानीमा राखेको प्रहरीले विदेशबाट फर्किने क्रममा शुक्रवार विमानस्थलबाट नै  उनलाई पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell