PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

पाल्पामा फेरि एक वृद्धा मृत फेला 



पहिलोपोस्ट

पाल्पामा फेरि एक वृद्धा मृत फेला 

बुटवल : पाल्पामा फेरि एक वृद्धा मृत अवस्थामा फेला परेकीे छिन्। रामपुर नगरपालिका–१० बर्दलेकी ९१ वर्षीया धर्मकुमारी न्यौपाने बिहीवार दिउसो मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वाँतीले जानकारी दिए। 

यही माघ ३ गते घरबाट हिँडेकी ती महिला सम्पर्कविहीन भएकी थिइन्। खोजी गर्ने क्रममा उनी स्थानीय जलविरे सामुदायिक वनमा मृत फेला परेकी हुन्। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

यसैबिच पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित विद्युत् गृहको ड्याम नजिक तिनाउ नदीमा गत बुधवार साँझ फेला परेको महिलाको शवको पहिचान खुलेको छ। उक्त शव रुपन्देहीको सैनामैना नगरपालिका–३ की ७८ वर्षीय जीतकुमारी कार्कीको रहेको प्रहरी नायव उपरीक्षक त्वाँतीले पुष्टि गरे।
पोष्टमार्टम गरी जिल्ला अस्पताल पाल्पामा राखिएको शवलाई परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell