PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

तिनाउ नदीमा हरिहरपुर–डिङ्गरनगर जोड्ने पुल निर्माण सुरु



पहिलोपोस्ट

तिनाउ नदीमा हरिहरपुर–डिङ्गरनगर जोड्ने पुल निर्माण सुरु

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १७ हरिहरपुर र तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङ्गरनगरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ।

दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ। सडक विभाग अन्तर्गत ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाइको हुनेछ।

चार स्पान रहने सो पुल पाइल फाउण्डेशनको आधारमा निर्माण हुनेगरी डिजाइन गरिएको छ। प्रि–स्टेस ब्रिजको ११ मिटर चौडाइमा साढे ३ मिटर फुटपाथका लागि छुट्याइएको छ। पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णु पौडेलको पहलमा बन्न लागेको डिङ्गरनगर–हरिहरपुर तिनाउ नदी पुलको निर्माणले स्थानीय बासिन्दाको आवागमनमा सहजता ल्याउने तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले बताए। 

तिनाउ नदीमा हरिहरपुर–डिङ्गरनगर जोड्ने गरी निर्माण हुने पुलबाट हरिहरपुर–डिङ्गरनगरका जनतालाई धेरै सहज हुने तिलोत्तमा वडा नं. ४ का वडाध्यक्ष दिवाकर ढकालले बताए। पुलको निर्माण कार्यको ठेक्का शर्मा–सगुन जेभीले प्राप्त गरेको छ। निर्माण कम्पनीका सुशील बुढाथोकीले तोकिएको समयभन्दा अघि नै पुलको निर्माण कार्य सक्नेगरी काम अघि बढाइएको बताए। 

केही वर्षयता तिनाउ तथा दानव नदीमा एकपछि अर्को स्थानमा पुल निर्माण भैरहेका छन्। यी पुलहरुको निर्माणले समग्रमा रुपन्देहीबासी नै लाभान्वित भएका छन्। दूरीले नजिक भएर पनि पुल नहुँदा समस्या भोग्दै आएका बासिन्दाहरु पुलको निर्माणबाट सबैभन्दा लाभान्वित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell