
काठमाडौँः नेपाल बार एशोसिएशनको २६ औँ कार्यसमिति चयनका लागि चैत १९ गते निर्वाचन हुने भएको छ। शुक्रबार बसेको बैठकले निर्वाचनको मिति तोकेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।
निर्वाचित कार्यसमितिलाई २०७९ वैशाख ३ गते कार्यभार हस्तान्तरणको निर्णय पनि कार्यसमितिले गरेको छ।
२२ औँ कार्यसमिति चयनसम्म पुस अन्तिममा चुनाव गर्दै आएको बारले मधेश आन्दोलनपछि चैतमा निर्वाचन गर्दै आएको छ।
यस्तै, बैठकले यसअघि स्थगित भएको राष्ट्रिय सम्मेलन फागुनमा गर्ने भएको छ। फागुन दोस्रो साताभित्र सम्मेलन गर्ने निर्णय भएको छ। तर, मिति भने तोकिएको छैन।