PahiloPost

Jun 24, 2026 | १० असार २०८३

एक सातामै हट्यो सवारीको जोर बिजोर प्रणाली, शुक्रबार राति १२ बजेपछि कायम नरहने



पहिलोपोस्ट

एक सातामै हट्यो सवारीको जोर बिजोर प्रणाली, शुक्रबार राति १२ बजेपछि कायम नरहने

काठमाडौँः सार्वजनिक सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली हट्ने भएको छ। उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। 

शुक्रबार राति १२ बजेबाट उपत्यकाको जोर बिजोर प्रणाली हट्ने काठमाडौँका प्रजिअ गोविन्दप्रसाद रिजालले जानकारी दिए। 

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले पनि जोर बिजोर हटाउन सिफारिस गरेको थियो। 

जोर बिजोरले सवारीमा यात्रुको थप चाप बढेको भन्दै सर्वसाधरणबाट विरोध भइरहेको थियो। 

माघ ७ गतेबाट जोर बिजोर प्रणाली लागू भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell