PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

सार्वजनिक सवारीको जोर बिजोर हट्यो, विद्यालय माघ मसान्तसम्म बन्द, यस्तो छ सिडिओको आदेश



पहिलोपोस्ट

सार्वजनिक सवारीको जोर बिजोर हट्यो, विद्यालय माघ मसान्तसम्म बन्द, यस्तो छ सिडिओको आदेश

काठमाडौँः उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटाइएको छ। शुक्रबार राति १२ बजेबाट लागू हुनेगरि स्थानीय  प्रशासनले जोर बिजोर हटाउने निर्णय गरेका हुन्। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जोर बिजोर हटाउने निर्णय गरेको हो। निजी सवारी साधनको जोर बिजोर भने यथावत छ।

माघ ७ गतेदेखि लागू भएको निर्णय एक सातामै परिवर्तन भएको हो। स्वास्थ्य मापदण्ड अपनाएर सवारी चलाउने दिने निर्णय भएको हो। सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने पनि सिडिओको आदेशमा उल्लेख छ।

सार्वजनिक सवारीमा जोर बिजोर लागू हुँदा झनै भीड बढेको भन्दै सिडिओहरुको निर्णयको आलोचना भइरहेको थियो। कोभिड –१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसमा जोर बिजोर हटाइएको हो।

यस्तै, बैठकले विद्यालय, विश्वविद्यालयको भौतिक कक्षा माघ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। यसअघि माघ १५ गतेसम्म बन्द गर्ने निर्णय भएको थियो। शिक्षण सिकाइलाई भने भर्चुअल रुपमा जारी राख्ने निर्णय बैठकले गरेको छ।

सार्वजनिक स्थानमा कोप कार्डलाई अनिवार्य गर्ने यसअघिको निर्णय यथावत नै छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell