PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अदालतको आन्दोलनका कारण रोकिएको न्याय सेवाका उपसचिवको नियुक्ति र पदस्थान, अन्य सात जना सहसचिवमा बढुवा



पहिलोपोस्ट

अदालतको आन्दोलनका कारण रोकिएको न्याय सेवाका उपसचिवको नियुक्ति र पदस्थान, अन्य सात जना सहसचिवमा बढुवा

काठमाडौँः न्याय सेवा आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका सात जनालाई सहसचिव र १६ जनालाई उपसचिवमा नियुक्ति, बढुवा तथा पदस्थापन गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका विषय उठेको पछिल्लो विवादका कारण लोक सेवा आयोगको सिफारिस अनुसारका नियुक्तिको कामसमेत ठप्प थियो। शुक्रबार बसेको आयोगको बैठकले नियुक्ति र बढुवाको निर्णय गरेको हो।

प्रधानन्यायाधीश जबराको अध्यक्षतामा बसेको बैठकमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीमात्र उपस्थित थिए। वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खातीले बैठकपछिको निर्णयमा हस्ताक्षरमात्र गरेका छन्। कोरोना संक्रमणका कारण कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु भने बैठकमा सहभागी भएनन्।

वृत्ति विकासमा अवरोध भएको भन्दै कार्की र खातीमाथि बैठकमा सहभागी हुन कर्मचारीले समेत दबाब दिँदै आएका थिए।  

बैठकले न्याय सेवाका उपसचिव भुवन गिरीलाई सहसचिवमा बढुवा गरेको छ। यस्तै, सरकारी वकिल समूहका हिमालय कुमार त्रिताल र यदुनाथ शर्मा पनि सहसचिव (सहन्यायाधिवक्ता) मा बढुवा भएका छन्।

यस्तै, सहसचिव बढुवा हुनेमा जगदीशप्रसाद भट्ट, शम्भुराज रेग्मी, कोषहरि निरौला, कृष्णराज पन्त छन्।

यस्तै, उपसचिवमा बढुवा हुनेमा हरिप्रसाद रेग्मी, सदन अधिकारी, निरज पोखरेल र कृष्णप्रसाद अधिकारी छन्। यस्तै, उत्तम प्रसाद खरेल, उत्तम श्रेष्ठ, जनकप्रसाद घिमिरे, धर्मराज जोशी, भेषराज पौडेल, चेतराज पन्त, भेषराज कोइराला, विमल रेग्मी पनि उपसचिवमा बढुवा भएका छन्।

यस्तै, खिमानन्द ज्ञवाली, टेकनाथ अधिकारी, बद्रीकुमार कार्की र सन्तोषराज कटुवाल पनि उपसचिवमा बढुवा भएका छन्।

बैठकले लोक सेवा आयोगको सिफारिस अनुसार उपसचिवमा नियुक्तिका लागि सिफारिस भएका १७ जनाको नियुक्ति र पदस्थापन गरेको छ। न्याय कानुन र सरकारी वकिल समूहका १७ जनाको नयाँ नियुक्ति र पदस्थापन भएको हो।

हेर्नुस् निर्णय

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell