PahiloPost

Jun 24, 2026 | १० असार २०८३

स्थानीय चुनाव सारे संविधान समाप्त हुन्छ, ‘सत्तारुढ गठबन्धनलाई प्रत्युत्पादक’



पहिलोपोस्ट

स्थानीय चुनाव सारे संविधान समाप्त हुन्छ, ‘सत्तारुढ गठबन्धनलाई प्रत्युत्पादक’
फाइल फोटो

काठमाडौँः पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सारिए संविधान नै समाप्त हुने चेतावनी दिएका छन्। निर्वाचन सार्नु सत्तारुढ गठबन्धनलाई प्रत्युत्पादक हुने पराजुलीको भनाई छ। 

निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः प्रजातान्त्रिक प्रणाली नै नरहने बताए। 

उनले भने, ‘निर्वाचन सार्नु गठबन्धनलाई पनि प्रत्युत्पादक हुन्छ। डेमोक्रेसीलाई पनि धावा बोल्छ। त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ। त्यसकारण मेरो प्रस्ट धारणा छ, साहसका साथ निर्वाचनमा जान सक्नुपर्छ। गठबन्धन होस् वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ। संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ। र, अन्ततः यो डेमोक्रेटिक सिष्टम जान्छ र जसले यो संविधान चाहेका छैनन्, त्यस्ता तत्वहरुलाई ठूलो टेवा मिल्छ।’

पराजुलीले न्यायालयलाई क्रियाशील गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गरे। अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell