PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै



पहिलोपोस्ट

आहा रारा गोल्डकप: उपाधिका लागि मनाङ र एपीएफ भिड्दै
तस्बीर: साहारा क्लब

काठमाडौं: पोखरामा जारी आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ। पोखरा रंगशालामा आज हुने फाइनल खेलमा विभागीय टोली एपीएफ र पोखरेली टोली मनाङ मर्स्याङदी क्लब दिउँसो २ बजे आमनेसामने हुनेछन्।

आहा रारा गोल्डकपको ६ पटकको च्याम्पियन मनाङको लक्ष्य सातौ पटक उपाधि जित्दै आहा राराको सर्वाधिक सफल टिम बन्ने हुनेछ। प्रतियोगिता २० औं संस्करणसम्म आइपुग्दा मनाङ र नेपाल पुलिसले समान ६ पटक उपाधि जितेका छन्। फाइनल प्रवेशका लागि मनाङले क्वाटरफाइनलमा नेपाल पुलिस क्लबलाई २-० गोलअन्तरले हराएको थियो भने सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

अर्कोतर्फ एपीएफ पहिलो पटक उपाधि जित्ने होडमा छ। प्रिक्वाटरफाइनलमा साहारा क्लबलाई २-० ले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको एपीएफले क्वाटरफाइनलमा भुटनिज युथ स्पोर्ट्स क्लबलाई १-३ गोलअन्तरले हराएको थियो। त्यस्तै सेमिफाइनलमा शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता एवम अहिलेको लिग लिडर मछिन्द्र क्लबलाई ३-१ गोलअन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell