PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

गृहमन्त्री खाणको २० जिल्लाका सिडिओलाई फोन 



पहिलोपोस्ट

गृहमन्त्री खाणको २० जिल्लाका सिडिओलाई फोन 

काठमाडौंः गृहमन्त्री बालकृष्ण खाणले २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत जिल्लाको अवस्था बारे जानकारी लिएका छन्।

गृहमन्त्रीले जिल्लामा कोभिड–१९ सङ्क्रमण, सित लहरको अवस्था र सरकारले गरिब र अशक्तलाई तराईमा सित लहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा र दाउरा वितरणबारे २० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग टेलिफोन वार्ता गरेका हुन्।

शनिवार बिहान गृहमन्त्री खाणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, गोरखाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे, बझाङका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल र सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीसँग टेलिफोन वार्ता गरेका हुन्।

त्यस्तै मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल, ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादव र पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसँग पनि टेलिफोनमा जिल्लाको अवस्था बारे जानकारी लिएका थिए।

सरकारले गत मंसिर एक गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा सित लहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन पठाएको थियो। त्यो निर्देशनको कत्तिको कार्यान्वयन भयो भनेर मन्त्री खाणले जानकारी लिएका हुन्।

त्यस्तै सीमा नाकाबाट आउने नागरिकमा कोभिडको संक्रमणबारे पनि मन्त्री खाणले जानकारी लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell