PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१४ कार्टुन रक्सी मगाएर जब प्रहरीले फलो गर्‍यो …



पहिलोपोस्ट

१४ कार्टुन रक्सी मगाएर जब प्रहरीले फलो गर्‍यो …

काठमाडौँः भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सीहरू आइरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो। सामान्य खुद्रा पसलमा पुगेर प्रहरीले अनुसन्धान पनि गर्‍यो। त्यहाँ भएका रक्सी ल्याएर चेक गर्दा नक्कली ब्रान्ड भएको खुल्यो।

तर, ठुलो परिमाणमा कसले रक्सी ल्याइरहेको छ भन्ने थाहा पाउनु प्रहरीको लागि चुनौतीको विषय थियो। महानगरीय अपराध महाशाखाले अन्य अनुसन्धानमा झैँ यस पटक पनि एक खुद्रा व्यापारी भनेर अपरेसन सुरु गर्‍यो। प्रहरीले नक्कली रक्सी ल्याउनेसँग एक पसललाई प्रयोग गरेर १४ कार्टुन रक्सी अर्डर गर्‍यो। यसरी अर्डर भएको केही समयमा नै रक्सी आइपुग्यो।

महाशाखाबाट सिभिलमा खटिएका प्रहरीले १४ कार्टुन रक्सी आएपछि रक्सी ल्याउने मानिसलाई फलो गरे। शुक्रवार राति प्रहरीले यसरी मानिसलाई फलो गर्दै जाँदा राजधानीको सीतापाइलास्थित एक घरमा पुग्यो। प्रहरी घरमा पुगेर छापा मार्दा ठुलो परिमाणमा रक्सी बरामद भयो।

'हिजो मात्र २ सय ९० कार्टुन रक्सी बरामद गरेका छौँ। यो अपरेसन अझै जारी छ,' महानगरीय अपराध महाशाखाका एसएसपी वसन्त कुँवरले भने।

प्रहरीले नक्कली रक्सीको कारोबार गरेको अभियोगा चार जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूले भारतबाट राजश्व समेत छली गरेर नक्कली रक्सी ल्याउने गरेको खुलेको छ। उनीहरूले चिभास, रेड तथा ब्ल्याक लेबल लगायतका ब्रान्ड रक्सीहरूको नक्कली स्ट्रिकर प्रयोग गरेर बिक्री गर्ने गरेको खुलेको एसएसपी कुँवरले जानकारी दिए।

उनीहरूले २ हजार देखि २५ सयसम्म ७ सय ५० एमएलको रक्सी बिक्री गर्ने गरेको खुलेको छ। प्रहरीले बरामद गरेको नक्कली रक्सीको मूल्य डेढ करोड भन्दा बढी रहेको खुलेको छ। महाशाखाकाले यसअघि नक्कली मह बनाउने उद्योगमा समेत छापा मारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell