PahiloPost

Jun 24, 2026 | १० असार २०८३

शिक्षा क्षेत्रमा लगानी बढाउन तीनवटा कानुन ल्याउने तयारीमा सरकार



पहिलोपोस्ट

शिक्षा क्षेत्रमा लगानी बढाउन तीनवटा कानुन ल्याउने तयारीमा सरकार

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी निर्माण गर्न लागेको बताएका छन्।

शनिवार राजधानीमा आयोजित एक कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै उनले सरकारले विद्यालय तह, प्राविधिक शिक्षालय र उच्च शिक्षाको छुट्टाछुट्टै कानुन बनाउन लागेको उनले बताए। ती कानुनहरु बनेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढ्ने उनको दाबी थियो।

‘अब संघीय कानुन बनिसकेपछि तीन वटा कानुन बन्दैछ। एउटा विद्यालय तहको कानुन। अर्को प्राविधिक शिक्षाको कानुन र उच्च शिक्षाको काननु। त्यो बनिसकेपछि शिक्षा क्षेत्रमा लगानी गर्ने वातावरण अझ बढी हुन्छ' उनले भने।

श्रेष्ठले शिक्षा क्षेत्रको विकासमा अझ सक्रियताका साथ लाग्न पनि निजी क्षेत्रका लगानीकर्ताहरुलाई आह्वान गर्नु भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell