PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाल भर्सेस मरिसस: पहिलो हाफ गोलरहित बराबरी



पहिलोपोस्ट

नेपाल भर्सेस मरिसस: पहिलो हाफ गोलरहित बराबरी

काठमाडौँ: नेपाल र मरिससबीच जारी मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा दुबै टोलीले गोल गर्न सकेका छैनन्।

खेलको १४औँ मिनेटमा सुमन लामाको प्रहार गोलपोस्ट माथिबाट गएको थियो। ३५औँ मिनेटमा एडरेइन फ्रान्कोइसको प्रहार सिधै गोलकिपर किरण चेम्जोङको हातमा पुगेको थियो। इन्ज्युरी समयमा पाएको अवसरमा अञ्जन विष्ट चुकेका थिए। नेपालले पहिलोपटक अफ्रिकी मुलुकसँग आधिकारिक खेल खेल्दैछ।

रंगशालामा दर्शकहरुलो उल्लेखनीय उपस्थिति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell