PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

मरिससविरुद्धको खेलमा नेपाललाई अग्रता, विमलले गरे गोल



पहिलोपोस्ट

मरिससविरुद्धको खेलमा नेपाललाई अग्रता, विमलले गरे गोल

काठमाडौँः मरिससविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा नेपालले गोल गरेको हो।

खेलको ५४औँ मिनेटमा नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन्। अन्जन विष्टको पासलाई विमलले गोलमा परिणत गरेका हुन्। चोटका कारण लामो समय मैदानबाहिर रहेका विमल यही सिजनबाट पुनरागमन गरेका हुन्। 

सन् २०११ यता नेपालले मैत्रीपूर्ण खेलमा जित निकाल्न सकेको छैन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell