PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि



पहिलोपोस्ट

मनाङलाई हराउँदै एपीएफले जित्यो आहा रारा गोल्डकपको उपाधि

पोखराः आहा रारा गोल्डकपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। शनिबार पोखरा रंगशालामा भएको खेलमा मनाङलाई ५-४ गोलअन्तरले पराजित गर्दै एपीएफले पहिलोपटक उपाधि जितेको हो।

निर्धारित समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएकफ थियो। जसमा एपीएफ ५-४ गोलअन्तरले विजयी भएको हो।

खेलको सुरुआतमै एपीएफले अग्रता लिएको थियो। २०औँ मिनेटमा गोल गर्दै युवराज खड्काले एपीएफलाई अग्रता दिलाएका थिए। तर, खेलको दोस्रो हाफको ६७औँ मिनेटमा मनाङले गोल फर्काएको थियो। मनाङका तर्फबाट दयानन्द सिंहले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याएका थिए।

८४औँ मिनेटमा पुनः गोल गर्दै मनाङले खेलमा अग्रता लिएको थियो। मनाङका तर्फबाट फ्रेङ्कलिन टालाले गोल गरेका थिए। तर, इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेललाई २-२ को बराबरीमा पुर्‍याएका थिए।

पेनाल्टी सुटआउटमा पुगेको खेलमा मनाङका ओलावाले अफिजको प्रहारलाई एपीएफका गोलकिपर युया कोरियामाले असफल बनाए। अफिजको प्रहार असफल बनेपछि मनाङ सातौँपटक आहा राराको उपाधि चुम्नबाट चुक्यो।

पेनाल्टीमा मनाङका तर्फबाट फ्रेङ्कलिन टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गरेका थिए। एपीएफका सनिस श्रेष्ठ, रवि थिङ, मणि लामा, अर्मान्ड बिडोमले गोल गरे।

२०औँ संस्करणको आहा-रारा गोल्डकपको उपाधि जितेको एपीएफ यसअघि २०६४ सालमा फाइनलमा पुगेको थियो। सोपछि एपीएफ दोस्रोपटक फाइनलमा पुगेको हो।

प्रशिक्षक थापाको इतिहास

२०६० सालमा मनाङले पहिलोपटक आहा राराको उपाधि चुमेको थियो। अहिलेका एपीएफका प्रशिक्षक कुमार थापा त्यस समय मनाङको कप्तान थिए। थापाको कप्तानीमा मनाङले नेपाल पुलिस क्लबलाई हराउँदै पहिलोपटक उपाधि चुमेको थियो। १८ वर्षपछि उनै थापाको प्रशिक्षणमा विभागीय टोली एपीएफले आहा राराको उपाधि पहिलोपटक चुम्न सफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell