PahiloPost

Jun 24, 2026 | १० असार २०८३

११ वर्षपछि मैत्रीपूर्ण फुटबलमा नेपालको जित, मरिसस १-० ले पराजित



पहिलोपोस्ट

११ वर्षपछि मैत्रीपूर्ण फुटबलमा नेपालको जित, मरिसस १-० ले पराजित

काठमाडौँः नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा ११ वर्षपछि जित हासिल गरेको छ। शनिबार दथरथ रंगशालामा मरिससलाई १–० गोलअन्तरले पराजित गर्दै नेपालले जितको खडेरी तोडेको हो।  

नेपालका लागि खेलको ५४औँ मिनेटमा विमल घर्ती मगरले गरेको एकमात्र गोल निर्णायक बन्यो। सोपछि नेपालले केही महत्वपूर्ण अवसर बनाए पनि गोलमा परिणत गर्न सकेन। 

सन् २०११ यता नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जित हासिल गर्न सकेको थिएन। नेपालले सन् २०११ मा भुटानविरुद्ध घरेलु मैदानमा २–१ गोलअन्तरले विजयी भएको थियो। सोपछि नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell