PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जेठभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई उच्चस्तरीय समितिको सुझाव



पहिलोपोस्ट

जेठभित्र स्थानीय तहको चुनाव गर्न सरकारलाई उच्चस्तरीय समितिको सुझाव

काठमाडौँः पाँच दलीय गठबन्धनको उच्चस्तरीय समितिले जेठभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ। संविधानले कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको भन्दै तत्काल चुनाव नगर्ने अडानमा रहेको गठबन्धन सर्वपक्षीय दबाबपछि चुनावको तयारीमा लागेको हो। 

शनिबार बसेको समितिको बैठकले चुनावको तयारी र संविधानसँग बाझिएका कानुन संशोधन आवश्यक भए अघि बढाउन सुझाव दिएको हो। 
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर जेठभित्र चुनाव सम्पन्न गर्न सुझाव दिएको बताए। 

कार्कीले भने, ‘स्थानीय तहको निर्वाचन जेठ महिनाभित्र सम्पन्न गर्न सरकारलाई सुझाव दिएको छ। संविधानसँग बाझिएका केही कानुन संशोधन गर्नुपर्ने भएमा तयारी गर्न उच्चस्तरीय समितिले सरकारलाई सुझाव दिएको छ।’

यसअघि गठबन्धन आउँदो मंसिरसम्म चुनाव गर्ने रणनीतिमा थियो। पार्टी निकटका कानुन व्यवसायीसँगको परामर्शपछि चुनाव सार्ने निष्कर्षमा पुगेको गठबन्धन दबाबपछि निर्वाचनको गृहकार्यमा जुटेको हो। सोही अनुुसार शनिबार बिहान गठबन्धनका शीर्ष नोतहरुबीच पनि परामर्श भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell