
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मरिसससँगको मैत्रीपूर्ण खेलमा जित निकालेको छ। विमल घर्तीमगरको निर्णायक गोलमा नेपालले जित निकाल्दा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाल फुटबलको घर दशरथ रंगशालामा डेब्यु खेलमै जित दिलाउन सफल भए।
उनले आजको खेल साफ च्याम्पिसिपपछि पहिलो खेल भएको भन्दै प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए।
'खेलाडीले आफ्नो मनबाट खेले। हामीले धेरै मौका बनायौँ र गुमायौँ पनि। उनीहरुले पनि राम्रो अवसर बनाए। यो साफपछिको पहिलो म्याच हो। सामान्य रुपमा खुसी छु,' अलमुताइरीले भने, 'एसिया कप र विश्वकप छनोट २०२६ हाम्रो लागि महत्वपूर्ण हो। सबै खेलेका खेलाडीबारे भन्छु हरेकले मिस्टेकबाट सिक्छन्। देवेन्द्रले केही गल्ती गरे र धेरैबाट जोगाए जोगाए पनि।'
उनले मैत्रीपूर्ण खेलबाट वरीयता सुधारमा सहज हुने समीकरण बताउँदै दोस्रो खेलमा परिवर्तन हुने स्पस्ट पारे। गोल गरेका विमलबारे उनले भने: मेरो पहिलो 'जब' भनेको खेलाडीलाई जोगाउने हो। हामी एउटा खेलाडीमा मात्र केन्द्रित हुँदैनौँ। उ कम्फर्टेबल भएर अर्को म्याचमा केन्द्रित हुनेछ। उसले गोल गर्यो तर डर छ यो गोलले उसलाई फेरि पछि नपारोस्।