PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

मधेशका गाउँगाउँमा बिटोरको रौनक



राधेश्याम पटेल

मधेशका गाउँगाउँमा बिटोरको रौनक

वीरगंज : वीरगंज–२१ परवानीपुरमा बिटोर सम्पन्न भएको छ। चोर्नी काफिला अन्तर्गतको यस वर्षको दोस्रो बिटारेको रुपमा सम्पन्न भएको हो। परवानीपुरका नागमणी उपाध्ययाद्वारा आयोजित बिटोरको उदघाटन शुक्रवार साँझ वीरगंजका मेयर विजयकुमार सरावगीले गरे। कहरथुवा बाबाहरुलाई फूलमालाले स्वागत गरी बिटोरको आरम्भ भएको थियो जसमा पर्सा, बाराका गाउँहरु जस्तै परवानीपुर, भलुही, नितनपुर, बेहरा, सोलखपुर, लक्ष्मीपुरलगायतका करिब सय जना कहरथुवा बाबाहरु(बिटोरमा सहभागी हुने व्यक्ति) सहभागिता छ।

बिटोरमा सहभागी बाबाहरुले आइतावर देवघाट जल भर्न जाने र श्रीपञ्चमीको दिन बाराको शिवमन्दिर काटघाटमा जल अर्पण गरी यसवर्षको कहरथुवाको यात्रा सम्पन्न गर्नेछन्। परवानीपुरको बिटोरको अवसरमा वडा नं २१ का वडा अध्यक्ष हबिब मिया, स्थानीय विजय गुप्ता, जतनराउत कुर्मी, राधाकृष्ण रौनियार, साधुसन्तहरुमा रामदास बाबा ड्राईपोर्ट, बजरंग दास इनार्वा मनियारी, लक्षुमण दास सथवल, इन्द्र दास सन्ठी, रबिन्द्र दास श्रिसिया, पुरन गिरी परवानीपुर, राघव दास बेलहियालगायतको सहभागिता थियो।

कहरुथुवाले गृहस्थ जीवनमा केही दिन इश्वरको भक्तिका लागि कावर(बाँसले बनाइएको विभिन्न समान बोल्न बनाइएको सामाग्री)सँगै आफ्नो दैनिक उपभोग्यका समन जस्तै अन्न तथा कपडा लिएर निश्चित धार्मिक परिक्रममा निस्किन्छन्। त्यसअवधिमा विभिन्न गाउँमा बिटोरमा सहभागी भएर तोकिएको धार्मिकस्थलमा हरेक वर्ष जलाभिशेक गरी यो यात्रा सम्पन्न हुने गर्दछ। भोजपुरीमा यो यात्रामा जानेलाई ‘जलबोझी’ पनि भनिन्छ।

यसमा पूर्ण ब्रह्मचार्यको नियम पालना गर्नू पर्छ। साकाहारी भोजनसँगै कठोर नियम पनि पालना गर्न र बहकिएको मनलाई बसमा गर्न गर्न कतिपय सर्वसधारणहरु यात्रामा जाने गरेको बताइन्छ। पर्सा बारामा मुलडी, इनार्वा, रहरियाडिह, भवानीपुर, हजारी गरी दर्जनौं काफिलामा हरके वर्ष हजारौं व्यक्ति धार्मिक यात्रामा अर्थात जलबोझीमा निस्किन्छ्न। केही नेपालकै धार्मिक स्थलको यात्रामा निस्किन्छन् भने केही भारतको टाढाको राज्यहरुमा समेत जाने गर्दछन्। यस्तो यात्रामा जाँदा घरपरिवारमा खुशी, समृद्धि तथा चिताएको कुरा पुरा हुने जनविश्वास छ। यस वर्ष कोभिडको तेस्रो लहरको कारण नेपाली कहरुथुवाहरु नेपालकै प्रसिद्ध नदीबाट जल भरेर नेपालकै शिव मन्दिरमा चढाउने योजनामा छन्। काफिलामा जमिन्दार, चौकीदार, सिपाही, कचहरीय, भण्डारी, कोठारीलगायतको पदसमेत हुने गरेको चोर्नी काफिलाका पुरोहित कृष्णकुमार उपाध्यायले बताए। मधेशमा अहिले गाउँगाउँमा बिटोर भइरहेको पनि पाइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell