PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रह्यो : दलाई लामा



पहिलोपोस्ट

गान्धीलाई भेटेर चीनसँग कसरी सामना गर्ने भनेर सोध्ने सपना अधुरै रह्यो : दलाई लामा
File Photo : Reuters

आज जनवरी ३०। महात्मा गान्धीको हत्या भएको दिन। भारतलाई ब्रिटिश शासनबाट मुक्ति दिलाउन नेतृत्वदायी भूमिका खेलेका गान्धीलाई नाथुराम गोड्सेले गोली हानेर हत्या गरेका थिए। भारतभर आज गान्धीको सम्झनामा विभिन्न कार्यक्रमहरु आयोजना भइरहेको छ।

गान्धीको ७४ औं पुण्यतिथिको अवसरमा भारतमा निर्वासनमा रहेका दलाई लामाले गान्‍धीसँग चीनको विषयमा आफूले चर्चा गर्न नपाएकोमा दु:ख लागेको बताएका छन्। गान्धीको हत्या भएपछि यमुना नदीमा अन्तिम संस्कार गरिएको बेला आफू पनि त्यहाँ पुगेको सम्झँदै उनले भने,' उनलाई भेटेर, छोएर प्रणाम गर्दै चीनसँग कसरी सामना गर्ने भनेर सोध्न चाहन्थें। तर त्यो सम्भव भएन।'

उनले गान्धी शताब्दीकै महान् व्यक्ति भएको भन्दै आफू गान्धीबाट निकै प्रभावित भएको समेत बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell