PahiloPost

Jun 24, 2026 | १० असार २०८३

उत्तर कोरियाले गर्‍यो सन् २०१७ यताकै शक्तिशाली मिसाइलको परीक्षण, जनवरीभरि लगातार चल्यो टेस्ट



पहिलोपोस्ट

उत्तर कोरियाले गर्‍यो सन् २०१७ यताकै शक्तिशाली मिसाइलको परीक्षण, जनवरीभरि लगातार चल्यो टेस्ट

उत्तर कोरियाले सन् २०१७ यताकै सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको छ। स्थानीय समयअनुसार आइतवार ७:५२ बजे उत्तर कोरियाको पूर्वीय तटबाट मिसाइल प्रहार भएको उत्तर कोरियाले जनाएको छ

जापान, दक्षिण कोरिया र अमेरिकाले परीक्षणको विरोध गरेका छन्। उत्तर कोरियाको यस महिनामा मात्र गरिएको यो सातौं परीक्षण हो।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई बिस्फोटक र आणविक हतियार परीक्षण गर्न प्रतिवन्ध लगाउँदै आएको छ। तर पूर्वी एसियाली मुलुक उत्तर कोरियाले त्यो प्रतिवन्धलाई मतलब गरेको छैन। उत्तर कोरियाली नेता किम जोङ उनले लगातार आफ्नो मुलुकको प्रतिरक्षा प्रणालीलाई दरिलो बनाइरहेका छन्।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा परिषदले उत्तर कोरियाले गरेको मिसलाइ - इन्टरमेडियट रेन्ज बालास्टिक मिसाइल (आईआरबीएम) रहेको जनाएको छ जुन सन् २०१७ यताकै शक्तिशाली रहेको बताइएको छ।

जापानी र दक्षिण कोरियाली सुरक्षा अधिकारीले उक्त मिसाइल २ हजार किलोमिटर माथिसम्म जान सक्ने अनुमान गरेका छन्। उनीहरुको अनुमानअनुसार ३० मिनेटमा ८ सय किलोमिटरको दुरी तय गर्न सक्छ उक्त मिसाइलले। उक्त मिसाइल जापानको समुन्द्रमा अवतरण भएको थियो।

उत्तर कोरियाको मिसाइल कार्यक्रमका लागि जनवरी महिना व्यस्त महिना बन्यो। यस महिनामा समुन्द्रमा कयौं छोटो दुरीका मिसाइल परीक्षण गरिएको छ।

संयुक्त राष्ट्रसंघको सम्झौतालाई उत्तर कोरियाले तोडेको आरोप अमेरिकाले लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell