अभिनेता प्रभासको फिल्म 'आदिपुरुष' भारतका अलावा जापानिज र चिनियाँ भाषामा पनि रिलिज हुने भएको छ। उनको फिल्म बाहुबली चीनमा पनि अत्याधिक रुचाइएको फिल्म हो।
पौराणिक कथामा आधारित फिल्म हो यो। फिल्म एकैसाथ २० हजारभन्दा बढि सिनेमाहलमा रिलिज गर्ने तयारी निर्माण पक्षले गरेको छ।
ओम राउतको निर्देशन रहेको फिल्ममा धेरै 'भिएफएक्स' प्रयोग भएको दावी छ।
यसअघि एसएस राजामौली निर्देशित सुपरहिट फिल्म ‘बाहुबली २' लाई भारतमा धेरै भिएफएक्स प्रयोग भएको फिल्म मानिन्थ्यो। 'बाहुबली २' मा करिब २ हजार ५०० भिजुअल इफेक्ट्स समेटिएको थियो। तर ‘आदिपुरुष’मा भने त्यो भन्दा पनि बढी ८ हजार भिएफएक्स समेटिएको बताइएको छ।
५०० करोड लगानी रहेको फिल्म ११ अगष्ट २०२२ मा रिलिज हुने तय भएको छ। भारतका १५ भाषामा 'आदिपुरुष' रिलिज हुनेछ। त्यसका अलावा केही विदेशी भाषामा समेत रिलिज गर्ने तयारी छ।
'आदिपुरुष' मा प्रभास रामको भूमिकामा देखिनेछन्। फिल्ममा सैफ अली खान रावणको भूमिकामा देखिनेछन्।