PahiloPost

Aug 9, 2026 | २४ साउन २०८३

लैनचौर पुगेर प्रधानमन्त्रीद्वारा शहीदहरुलाई श्रद्धाञ्जली अर्पण



पहिलोपोस्ट

लैनचौर पुगेर प्रधानमन्त्रीद्वारा शहीदहरुलाई श्रद्धाञ्जली अर्पण

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। शहीद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक पार्कमा पुगेर उनले श्रद्धाञ्जली व्यक्त गरेका हुन्।

त्यसक्रममा उनले जहानियाँ राणा शासनविरुद्ध जीवन आहुति दिने शहीद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठलगायत सम्पूर्ण शहीदले नेपालमा प्रजातन्त्र ल्याउन अहम भूमिका खेलेको बताएका थिए।

राणा शासनविरुद्ध प्रजातान्त्रिक शासन व्यवस्थाका लागि जीवन आहुति दिने चार शहीदको सम्झनामा हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell