PahiloPost

Jun 24, 2026 | १० असार २०८३

एक किलो सुनसहित २५ वर्षीय युवक काठमाडौंबाट पोखरा जाँदै गर्दा समातिए



पहिलोपोस्ट

एक किलो सुनसहित २५ वर्षीय युवक काठमाडौंबाट पोखरा जाँदै गर्दा समातिए

काठमाडौं : अवैध तरिकाले भित्र्याएको सुन सहित प्रहरीले एक जना युवकलाई नियन्त्रणमा लिएको छ।

पोखरा महानगरपालिका-३० पावर हाउस चोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन सहित सोही महानगरपालिका-१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा रहेका सुनारले लुकाई ल्याएको अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ। एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell