PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

युक्रेनको सीमा क्षेत्रमा रुसले 'रक्त प्रणाली' विस्तार गरिरहेको अमेरिकी रक्षा अधिकारीको दाबी, युक्रेनी मन्त्री भन्छन - 'गलत समाचार'



पहिलोपोस्ट

युक्रेनको सीमा क्षेत्रमा रुसले 'रक्त प्रणाली' विस्तार गरिरहेको अमेरिकी रक्षा अधिकारीको दाबी, युक्रेनी मन्त्री भन्छन - 'गलत समाचार'

युक्रेनको सीमा क्षेत्रमा तनाब बढ्दै जाँदा रुसले सीमा क्षेत्रमा रगतको आपूर्तिलाई तयारी अवस्थामा राखेको छ। अमेरिकी रक्षा अधिकारीहरुलाई उदृत गर्दै सीएनएनले सम्भावित युद्धलाई ध्यान दिएर रुसलै 'मेडिकल सप्लाइ'लाई बढाउँदै गएको जनाएको छ। 

सम्भावित युद्धलाई ध्यान दिएर घाइतेहरुको उपचारका लागि आवश्यक पर्ने रगतलाई आपूर्ति गर्ने तयारीमा रुस रहेको उल्लेख छ। पछिल्लो विकासक्रमले रुस कुनै पनि बेला छोटो सूचनामा युक्रेनमाथि आक्रमण गर्न सक्ने गरी रुस तयार रहेको भन्दै अमेरिकाले चासो व्यक्त गरेको छ। 

यद्यपि, युक्रेनले भने रुसले 'व्लड सप्लाइ'लाई अगाडि बढाएको भन्ने अमेरिकी रक्षा अधिकारीको दाबीलाई अस्वीकार गरिदिएका छन्। 

शनिवार युक्रेनका रक्षाउपमन्त्री हनान मलियरले भने, 'यो सत्य होइन'। 

'यो सूचना सत्य होइन,' फेसबुकमा उनले जारी गरेको वक्तव्यमा भनिएको छ, 'यस्तो समाचार सूचना मानसिक युद्धाभ्सको अस्त्र हो। यस्तो सूचनाको ध्येय भनेको हाम्रो समाजमा त्रास र भय फैलाउनु हो।' 

यता ह्वाइट हाउसले भने युक्रेनले सम्भावित रुसी आक्रमणलाई नजरअन्दाज गरिरहेको आरोप लगाएको छ। 

'हामीले बुझ्छौँ कि युक्रेनका राष्ट्रपति कस्तो कठिन परिस्थितिमा छन् र उनी कस्तो दबाबमा छन्,' शनिवार ह्वाइट हाउसका अधिकारीले भनेका छन्, 'तर, त्यही समयमै उनले सम्भावित रुसी आक्रमणलाई कम आँकिरहेका छन्।' 

गत सातामात्र रोयटर्सले स्वास्थ्य सामाग्री सहित रुसले युक्रेनको सीमा नजिक एक लाख सेना तैनाथ गरेको रिपोर्ट प्रकाशित गरेको थियो। 

रुसी विदेशमन्त्री सर्जेइ राभ्रोभले रुसले युद्ध नचाएको बताएका छन्।

'यदि यो रुसमा निर्भर छ भने यहाँ युद्ध हुने छैन। हामी युद्ध चाहँदैनौं। तर, हामीले हाम्रो स्वार्थलाई कसैलाई कुल्चिन दिँदैनौँ,' उनले अमेरिकी विदेशमन्त्री एन्टोनी क्लिङ्कनसँग जनेभामा जवरी २१ मा भएको भेटपछि भनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell