PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

दरबारमार्गको बिइङ ह्युमन आउटलेटका संचालक तानिए नक्कली रक्सी प्रकरणमा : प्रहरीले गर्‍यो पक्राउ



पहिलोपोस्ट

दरबारमार्गको बिइङ ह्युमन आउटलेटका संचालक तानिए नक्कली रक्सी प्रकरणमा : प्रहरीले गर्‍यो पक्राउ

काठमाडौं : दरबारमार्गमा रहेको बिइङ ह्युमनका संचालक पक्राउ परेका छन्। 

शुक्रवार महानगरीय अपराध महाशाखाले नक्कली रक्सी गोदाममा छापा मार्दा चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका सबै जना बिइङ ह्युमनका संचालक सन्तोष चन्द्र बख्रेलबाट परिचालित भएको खुलेको हो। ३९ वर्षीय बख्रेल पर्साका हुन् जो अहिले राजधानीको कपनमा बस्दै आएका छन्।

बिइङ ह्युमनको हालका संचालक उनी नै भएको महाशाखाका एक प्रहरीले जानकारी दिए। बलिउड स्टार सलमान खानको कम्पनीले सञ्चालन ल्याएको क्लोदिङ स्टोर हो बिइङ ह्युमन।

छापा मार्दा २ सय ९५ कार्टुनमा विभिन्न चलेका ब्रान्डका नक्कली रक्सी बरामद भएको छ। भारतबाट राजश्व नतिरी ल्याइएको नक्कली रक्सी बिहे लगायतका पार्टीहरुमा सप्लाइ हुँदै आएको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ।

'उनीहरुले पसल र अन्य डिलरभन्दा पनि बिहेको पार्टीका लागि पार्टी प्यालेस लगायतलाई बेच्‍ने गरेको देखियो,' महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद कोइरालाले भने।

उनीसँगै पक्राउ पर्नेहरुमा ३० वर्षीय शैलश पन्त, २८ वर्षीय रविन पाख्रिन, ३८ वर्षीय नारायण प्रसाद घिमिरे रहेका छन्। रवि भन्ने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिरा बिक्रि वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

गत मंसिरमा बिइङ ह्युमनका म्यानेजर पनि पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले स्टोरका म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिएको हो।

उनलाई पसलमा रहेको रकमको स्रोत खुलाउन नसकेको उक्त स्टोरबाट १ हजार दरका ४९ बण्डलमा ४९ लाख र ५ सय दरका १०० वटाको ४१ वटा बण्डलमा बीस लाख पचास हजार रुपैयाँ फेला परेको प्रहरीले जनाएको थियो।

भारतबाट नेपालमा नक्कली ब्रान्डमा रक्सी आइरहेको जानकारी प्रहरीले प्राप्त गरेको थियो। सामान्य खुद्रा पसलमा पुगेर प्रहरीले अनुसन्धान पनि गरेको थियो।

रवि भनिने भारतीय नागरिक र सन्तोष चन्द्रको योजनामा भारतबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरू बिक्री वितरण गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

सन्तोषले विगत ३ महिना अघि १६० कार्टुन, दोस्रो पटक २०० कार्टुन र तेस्रो पटक ३०० कार्टुन ब्ल्याक लेवल, रेड लेवल, चिभास रिगल र ऐब्सुलेट भोड्का ल्याएर बिक्री वितरण गरेको देखिएको छ। सन्तोषले बजारमा बिक्री वितरण गर्न इन्फिनिटी लिकर, मुलपानीका संचालक शैलेश पन्तसँग मिलेर कारोबार गरेको देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell