PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

भारतले सीमा मिच्दासमेत सरकार मौन भएको वैद्यको आरोप, माघ २१ गते देशभर प्रदर्शन गर्ने



पहिलोपोस्ट

भारतले सीमा मिच्दासमेत सरकार मौन भएको वैद्यको आरोप, माघ २१ गते देशभर प्रदर्शन गर्ने

काठमाडौं : मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले माघ २१ गते राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको रक्षाका लागि भन्दै देशव्यापी प्रदर्शन गर्ने भएको छ।

शनिवार सम्पन्न पार्टीको स्थायी समितिको बैठकले एमसीसी अनुमोदन गर्न अमेरिकी दबाब बढेर गएको र भारतले नेपाली भूमिमा बाटो बनाइरहेको भन्दै त्यसको विरोधमा प्रदर्शन गर्न निर्णय गरेको महासचिव किरणले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

राष्ट्रिय स्वाधीनताको रक्षा र सार्वभौमिकताको विषयमा सङ्घर्षलाई एकल तथा संयुक्त रुपमा अझै विकसित तुल्याउँदै जानुपर्ने निर्णयसमेत बैठकले गरेको वक्तव्य  मार्फत् किरणले जानकारी दिएका छन्। 

'देशको राष्ट्रिय स्वाधीनताको रक्षा तथा सार्वभौमिकताको प्रश्न गम्भीर बन्दै गएको छ। एकातिर अमेरिकी साम्राज्यवादले एमसीसी परियोजना थोपर्ने धृष्टता गर्दै आएको छ भने अर्कोतिर भारतीय विस्तारवादले लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज अतिक्रमण गरेको छ,' वक्तव्यमा भनिएको छ, 'गठबन्धन सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस संसदबाट एमसीसी पारित गराउन लागि परेको छ। अतिक्रमित लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाउँदा र त्यसको विस्तार गर्दा पनि पाँच दलीय गठबन्धन सरकारले आधिकारिक तथा औपचारिक रुपमा कुनै प्रतिवाद गरेको छैन।' 

सरकारले भारतीय अतिक्रमण रोक्न तथा नेपाली भूभाग फिर्ता ल्याउनका लागि कुनै पनि कूटनीतिक तथा राजनीतिक पहल नगरी मौनता साधेर बसेको समेत आरोप किरणले लगाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell