PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

घरमै एन्टीजेन परीक्षण गरेर रिपोर्ट पोजिटिभ आए विवरण उपलब्ध गराउन सरकारले गर्‍यो अपिल

घरमै एन्टीजेन परीक्षण गरेर रिपोर्ट पोजिटिभ आए विवरण उपलब्ध गराउन सरकारले गर्‍यो अपिल

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरसको लक्षण देखिएकाहरुले अहिले घरघरमै परीक्षण गराइरहेका छन्। तर, ती परीक्षणको तथ्यांक सरकारसँग छैन। हाल ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमितको संख्या बढ्दै गएको छ। दैनिक हजारौंमा संक्रमण देखिँदा त्यो संख्यामा घरघरमा भएका एन्टिजेन परीक्षण समावेश छैनन्। त्यसैले दैनिक फेला परेका संक्रमित भन्दा बढी संक्रमित रहेको अनुमान गरिएको छ।

त्यसैले, सरकारले प्रयोगशाला बाहिर एन्टीजेनबाट गरिएका कोरोना परीक्षणको नतिजा विवरण पठाउन अपिल गरेको छ। स्वास्थ्य मन्त्रालयले एक सुचना निकाल्दै परीक्षणको नतिजा विवरण पठाउने ढाँचा सहित जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो। यस अघि घरमा गरिएका परीक्षणको विवरण बारे अन्यौलता थियो।

मन्त्रालयले संस्था/निकाय/ नियोगले प्रतिवेदन तयार पारेर इमेलमार्फत परीक्षण विवरण पठाउन सक्ने जनाएको छ। प्रतिवेदनमा नाम थर, उमेर, लिंग, जिल्ला, पालिका/वर्डा नं, पेशा, परिक्षण गर्नु पर्ने कारण, नतिजा र परिक्षण मिति उल्लेख गर्नुपर्ने हुन्छ। उक्त विवरणलाई इमेल ठेगाना [email protected] पठाउनु पर्नेछ।

त्यसैगरि सर्वसाधारणका लागि भने सरकारले नि:शुल्क म्यासेज पठाउने सेवा उपलब्ध गराएको छ। म्यासेजमा नाम थर, लिंग, पालिका/वर्डा नं, पेशा, परीक्षण, नतिजा पठाउनुपर्नेछ। १११५ को नम्बरमा म्यसेज पठाउन सकिनेछ।



ट्रेन्डिङ पोस्ट

Ncell