काठमाडौँः लोक सेवा आयोगले निजामति, संसद्, नेपाल वन सेवा लगायतमा ४८२ अधिकृतलाई नियुक्तिको सिफारिस गरेको छ। लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो।
सर्वोच्चले माघ १२ गते नतिजा प्रकाशन गर्न आयोगलाई परमादेश जारी गरेको थियो। सोपछि आइतबार नतिजा प्रकाशन भएको हो।
सिफारिस योग्यताक्रम अनुसार सम्बन्धित सेवा समूहमा उनीहरुको नियुक्ति हुनेछ।
आयोगले खुलामा २८१, महिला ७६, आदिवासी जनजाति ६१, मधेशी ३४, दलित १२, अपाङ्गता भएको समूहबाट ११ जनालाई अधिकृतका सिफारिस गरेको छ।
यस्तै, नेपाल वन सेवामा समावेशीसहित ७ जनालाई अधिकृतमा सिफारिस गरिएको छ। यस्तै परराष्ट्र सेवामा समावेशीसहित ३ जनाको सिफारिस भएको छ।
हेर्नुस् नतिजा