PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

कोरोना फैलाएको आरोपमा ओलीमाथि कारबाहीको माग गरेर सिडिओ कार्यालयमा निवेदन, तर दर्ता अस्वीकार



पहिलोपोस्ट

कोरोना फैलाएको आरोपमा ओलीमाथि कारबाहीको माग गरेर सिडिओ कार्यालयमा निवेदन, तर दर्ता अस्वीकार

काठमाडौँः कोरोना संक्रमित रहेको अवस्थामा सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्धको उजुरी जिल्ला प्रशासन कार्यालय भक्तपुरले दर्ता अस्वीकार गरेको छ। संक्रामक रोग ऐन विपरीत संक्रमित रहेको अवस्थामै सार्वजनिक कार्यक्रममा सहभागी भएको भन्दै आइतबार निवेदन दर्ताका लागि लगिएको थियो। 

निवेदकद्वय अभिजीत अधिकारी र वीरेन्द्र मडैले पेश गरेको निवेदन दर्ता अस्वीकार गरिएको हो।  

आइतबार दर्ता अस्वीकार गरेकाले सोमबार पनि दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय जाने अधिकारीले बताए। उनले भने, ‘सिडिओ कार्यालयले दर्ता गर्न मानेन। बिहान ११ बजे गएका थियौँ।  दर्ता  गर्न आनाकानी गरे। दिनभर बस्दा पनि गरेनन्। अब भोलि पनि जान्छौँ।

ओली कोरोना संक्रमित भइरहेकै बेला माघ १२ गते बालकोटमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए। पार्टीको भातृ संगठन युवा संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ओली उपस्थित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell