PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शहीदको स्मरणमा शहीद गेटमा दीप प्रज्वलन [तस्विरहरु]

शहीदको स्मरणमा शहीद गेटमा दीप प्रज्वलन [तस्विरहरु]

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः राजनीतिक व्यवस्था परिवर्तन र स्वतन्त्रताको मागमा ज्यानको आहुति दिने शहीदको स्मरणमा आज दिवस मनाइयो। विभिन्न कार्यक्रमसाथ शहीद दिवस मनाइएको हो।

जहानियाँ राणा शासनको अन्त्यको मागसहित वि.सं. १९९७ मा प्राण आहुति दिएका धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको सम्झनामा हरेक वर्ष माघ १६ गते दिवस मनाइन्छ। 

दिवसकै अवसरमा शहीद गेटमा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ। नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, लायन्स क्लब लगायतले शहीदको स्मरणमा दीप प्रज्वलन गरेका हुन्।  



ट्रेन्डिङ पोस्ट

Ncell