PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

केही दिनको निगरानीपछि समातिए जुवा खेल्ने र खेलाउनेहरु, रेष्टुरेन्टका संचालक भने फरार



पहिलोपोस्ट

केही दिनको निगरानीपछि समातिए जुवा खेल्ने र खेलाउनेहरु, रेष्टुरेन्टका संचालक भने फरार

काटमाडौं : बिङ्गो एपबाट अनलाइन जुवा खेलाउने केन्द्र बनेको रेस्टुरेन्टका सञ्चालक फरार भएकाले प्रहरीले खोजी तीब्र बनाएको छ।

आइतवार साँझ महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी बृत्त बौद्धको टोलीले ८ महिला सहित ७४ जनालाई नियन्त्रणमा लिएको थियो।

आइतवार राति ७ बजेतिर काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा बौद्धको पाटीटारमा रहेको रेस्टुरेन्टबाट दोलखा घर भएका ३० वर्षीय सुभाष घिसिङले सञ्चालन गरिरहेको रेष्टुरेन्टमा प्रहरीले छापा मारेको थियो। रेष्टुरेन्टका म्यानेजर तथा विङ्गो एफ संचालक वीरेन्द्र मान्धरलाई भने नियन्त्रणमा लिएको छ।

'कोरोना संक्रमणको समयमा धेरै मानिस भेला भएर जुवा खेलाएको पाइयो। अन्य मानिसलाई पनि खोजी गरिरहेका छौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले भने।

खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन र नगद समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई १ सय र २ सय रुपैयाँको १५ अंकको कुपन बेच्ने गरेका थिए। त्यही कुपनलाई आधार बनाएर मोबाइल एप मार्फत् जुवा खेलाएको पाइएको छ।

केही दिनको निगरानीपछि रेष्टुरेन्टमा प्रहरीले छापा मारेको हो। एक दुई पटक रेष्टुरेन्टमा पुगेको प्रहरीले जुवा खेलेको नभेटिएपछि फर्किएको थियो। आइतवार साँझ भने धेरै मानिस भेला भएर खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट ६ लाख १९ हजार रुपैयाँ बरामद गरिएको छ। महानगरीय प्रहरी बृत्त बौद्धबाट मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-५ अन्तर्गत “जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने” कसूर अन्तर्गत थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ।

माघ ५ गते महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनलाई पक्राउ गरेको थियो। उनीहरुले ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज अनलाइन मार्फत् जुवा खेलाउन कर्मचारी समेत राखेको देखिएको थियो। त्यस्तै माघ ११ गते ठमेलबाट भारतीय नागरिकसहित दुई जनालाई अनलाइन जुवा खेलाइरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell