PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

नेपालको जलस्रोत र नवीकरणीय उर्जा प्रवर्द्धनमा अस्ट्रेलियाको चासो, राजदूतको मन्त्री भुसालसँग भेट



पहिलोपोस्ट

नेपालको जलस्रोत र नवीकरणीय उर्जा प्रवर्द्धनमा अस्ट्रेलियाको चासो, राजदूतको मन्त्री भुसालसँग भेट
फोटो : उर्जा मन्त्री पम्फा भुसालको सचिवालय।

काठमाडौं : नेपालको जलस्रोत र नवीकरणीय उर्जा प्रवर्द्धनमा अस्ट्रेलियाले चासो व्यक्त गरेको छ। नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी जान भोल्कले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शिष्टाचार भेट गर्दै उनले नेपालको उर्जा विकासमा चासो व्यक्त गरेकी हुन्।

सोमवार सिंहदरवार स्थित मन्त्रालयमा पुगेर राजदूत भोल्कले मन्त्री भुसालसँग भेट गरेकी हुन्। भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री भुसालले अस्ट्रेलियासँगको साझेदारीलाई नेपालले उच्च महत्व दिएको बताउँदै सन् १९६० देखिको द्विपक्षीय घनिष्ट, सौहार्दपूर्ण र मैत्रीपूर्ण सम्बन्धलाई अझ विस्तार गर्दै लैजानुपर्नेमा जोड दिएकी थिइन्। विश्वले सामाना गरिरहेको महामारी र जलवायु परिवर्तनका चुनौति बढ्दै गएकाले आपसी सहकार्य पहिलेभन्दा अझ बढी आवश्यक रहेको उनको भनाइ थियो। 

नेपाल-अस्ट्रेलिया साझेदारीलाई थप सुदृढ बनाउन राजदूतले निर्वाह गरेको भूमिकको प्रशंसा गर्दै मन्त्री भुसालले नेपालको आर्थिक तथा सामाजिक विकासमा अस्ट्रेलियाले पुर्‍याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेकी थिइन्। 

राजदूत भोल्कले नेपालको आर्थिक तथा मानवीय क्षमता अभिवृद्धिका लागि अस्ट्रेलियन सरकारले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएकी थिइन्। उनले नेपालको जलस्रोत र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा पनि सहयोग गर्न इच्छुक रहेको बताएकी थिइन्। राजदूत भोल्कले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्न र जलस्रोतका क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न चाहेको बताएको मन्त्री भुसालको सचिवालयले जनाएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयसँग सहकार्य गरी कमला बेसिनमा काम गरीरहेको उल्लेख गर्दै त्यसलाई थप प्रभावकारी बनाएर अगाडि बढाउने उनको भनाइ थियो। 

जलस्रोत व्यवस्थापनमा सहकार्य गर्नका लागि नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रालय र अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन(सीएसआईआरओ) बीच सन् २०१७ मा समझादारी भएको थियो। सो सम्झौताअनुसार सीएसआईआरओ र जल तथा ऊर्जा आयोगको सविचालयको साझेदारीमा कमला बेसिनको अवस्थाबारे अध्ययन गरी रणनीति बनाएर कार्यान्वयनमा लगिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell