PahiloPost

Jun 24, 2026 | १० असार २०८३

अपार्टमेन्टबाट हाम फालेकी मिस युएसए चेस्ली क्रिस्टको मृत्यु



पहिलोपोस्ट

अपार्टमेन्टबाट हाम फालेकी मिस युएसए चेस्ली क्रिस्टको मृत्यु
FILE PHOTO : KCS Presse / MEGA TheMegaAgency.com

मिस युएसए २०१९ चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन्। आइतबार ३० वर्षीय चेस्लीले आफू बस्ने अपार्टमेन्टबाट हाम फालेको र  घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

अपार्टमेन्टको नवौँ तलामा बस्ने उनी २९ औँ तलाको कौसीबाट हाम फालेकी थिइन्। उनको परिवारले एक विज्ञप्ति निकाल्दै क्रिस्टको मृत्यु भएको पुष्टि गरेको छ।

'यस शोकको घडीमा प्यारी छोरी चेस्लीको मृत्युको खबर सार्वजनिक गरेका छौँ। उनले सुन्दरता र शक्तिले विश्वभरि नै प्रेरणा दिएकी थिइन्। जसकारण उनको प्रभाव सधैँभर जिवित रहनेछ' विज्ञप्तिमा उल्लेख छ। 

पछिल्लो समय उनी 'एक्स्ट्रा' म्यागेजिनमा संवाददाताको रुपमा काम गर्थिन्।

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell