PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

प्रधानमन्त्री देउवालाई भेटेर गण्डकीका मुख्यमन्त्री पोखरेलले के माग राखे ?



पहिलोपोस्ट

प्रधानमन्त्री देउवालाई भेटेर गण्डकीका मुख्यमन्त्री पोखरेलले के माग राखे ?

काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ।

आर्थिक वर्ष २०७८-०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले बताए।

उनले विगतको सरकारले धेरै आयोजनाहरु बहुवर्षीय ठेक्कामा लगाएको र  कतिपय योजनाहरु प्रक्रियामा राखेको भएपनि स्रोत सुनिश्चित नगरेका कुरा प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए। त्यसकारण आफ्नो सरकारमाथि १६ अर्ब भन्दा बढीको दायित्व थपिएकोले समाधान खोज्दै प्रधानमन्त्रीसँग भेटेको उनले बताए।

पोखरेलले देउवासँगको भेटमा प्रदेशको आर्थिक अवस्था र केन्द्रबाट गरेका अपेक्षाहरु लिखित र औपचारिक रुपमा बुझाएको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell