PahiloPost

Aug 26, 2025 | १० भदौ २०८२

थपिए ५२९२ कोरोना संक्रमित, ८ जनाको मृत्यु



पहिलोपोस्ट

थपिए ५२९२ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६ हजार ८८ जनाको कोरोना परीक्षण गर्दा ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको हो। यस परीक्षणमा एसएमएस र इमेलबाट आएको विवरण पनि समेटिएको छ।

यस्तै, ८ हजार १९१ जना संक्रमण मुक्त हुँदा संक्रिय सक्रमितको संख्या ७९ हजार २७२ पुगेको छ।

त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप ८ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३६ लाख ६६ हजार ३ जनाले खोप लगाएका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell